प्रधानमन्त्री र पूर्व राष्ट्रपतिबीच भेटवार्ता
प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । दुई जनाबीच प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भेट भएको हो ।
पूर्व राष्ट्रपति भण्डारी भदौ २४ गते विध्वंशको क्रममा आगजनी भएको भौतिक संरचना अवलोकन गर्न सिंहदरबार पुग्नुभएको थियो । सोही क्रममा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता जुरेको हो ।
भेटमा पूर्व राष्ट्रपति भण्डारीले आगामी चुनावको तयारीबारे जानकारी लिनुभएको बताइन्छ ।
टिप्पणीहरू