राष्ट्र बैंकले भन्यो : जनयुद्ध दिवसको बिदा साढे १ बजेपछि मात्र

राष्ट्र बैंकले भन्यो : जनयुद्ध दिवसको बिदा साढे १ बजेपछि मात्र

सरकारले आज जनयुद्ध दिवसको सार्वजनिक बिदा दिएको छ । अधिकांश सरकारी कार्यालय बिदाको कारण आज बन्द हुनेछन् । तर मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले मुलुकभरका बैंक तथा वित्तीय संस्थाहरु दिउँसो साढे १ बजेपछि मात्र बन्द हुने जनाएको छ । उसले सम्पूर्ण नगद कारोबार, इलेक्ट्रोनिक चेक क्लियरिङ, राष्ट्र ऋण व्यवस्थापन तथा आरटिजिएसजस्ता अत्यावश्यक सेवा बिहान १० बजेदेखि साढे १ बजेसम्म सुचारु हुने जानकारी दिएको छ ।

बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म बैंकको बैंकिङ, मुद्रा व्यवस्थापन, मौद्रिक व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग तथा प्रदेशस्थित खुल्ला रहने व्यहोरा जानकारी गराइन्छ ।’

टिप्पणीहरू