सहरी विकासमन्त्री राष्ट्र बैंक निरीक्षणमा

सहरी विकासमन्त्री राष्ट्र बैंक निरीक्षणमा

सहरी विकासमन्त्री विक्रम पाण्डेले हिजो नेपाल राष्ट्र बैंकको निरीक्षण गर्नुभएको छ । उहाँले बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र थापाथलीस्थित बैंकिङ कार्यालयको निर्माणाधीन भवनको निरीक्षण गर्नुभएको बैंकले जनाएको छ ।

‘मन्त्रीज्यूले निर्माणाधीन भवन निरीक्षण गरेर निर्माण कार्यको भौतिक प्रगति र प्राविधिक पक्षबारे जानकारी लिनुभएको छ,’ बैंकले दिएको जानकारीमा उल्लेख छ । केन्द्रीय बैंकका दुई वटै राणाकालीन ठूला भवन २०७२ को महाभूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएका थिए ।

टिप्पणीहरू