बैंगलोरबाट रातारात फर्के बिनोद चौधरी

बैंगलोरबाट रातारात  फर्के बिनोद चौधरी

नेपाली काँग्रेसका सांसद विनोद चौधरी हिजो राति बैंगलोरबाट काठमाडौं फर्केका छन् । उनी नेपाल वायुसेवा निगमको उडानबाट आएका हुन् । हिजो राति पौने ११ बजे काठमाडौं आएको निगमको उक्त विमानमा ४० जना नेपाली र १३५ जना विदेशी थिए । त्यसमध्ये चौधरी पनि एक हुन् ।

दिउँसो पौने २ बजे यताबाट उड्नुपर्ने विमान अध्यागमनको सफ्टवेयरमा देखिएको खराबीका कारण दुई घण्टा ढिलो प्रस्थान गरेको हो । राति पौने १० बजे आइपुग्नुपर्ने विमान एक घण्टा ढिलो काठमाडौं आइपुगेको बताइन्छ ।

टिप्पणीहरू