पुनर्बास केन्द्र सञ्चालन गर्ने विराट अस्पतालको तयारी
मोरङको टंकिसिनवारीस्थित विराट टिचिङ अस्पतालको मनोचिकित्सा तथा मानसिक स्वास्थ्य विभागले आफ्नै पुर्नबास केन्द्र सञ्चालनमा ल्याउने भएको छ । कडा र जटिल खाले मनोरोगी र सबैखाले लागुऔषध दुर्व्यसनको दिगो उपचारका लागि आफ्नै पुर्नबास केन्द्र सञ्चालनमा ल्याउने तयारी विभागले गरेको हो ।
रक्सी, गाँजा, ब्राउनसुगर र मेडिकल ड्रग्स (ट्याब्लेट र सुई) आदि सेवन गर्ने व्यक्ति तथा कडा र जटिल खाले मनोरोगीहरुको दिगो उपचार गरेर समाजमा पुर्नस्थापना गराउनका लागि केन्द्रको स्थापना गर्न लागिएको विभागले जनाएको छ ।
विभागका प्रमुख विशेषज्ञ मनोचिकित्सक प्रोफेसर डा. नवराज कोइरालाका अनुसार सञ्चालनमा ल्याउन लागिएको केन्द्रमा मनोरोग विशेषज्ञ मनोचिकित्सक नर्स, व्यवसायिक विशेषज्ञ क्लिनिकल मनोवैज्ञानिक र विभिन्न चिकित्सा अधिकारीको टोलीले सेवा दिनेछन् । अस्पतालमा बस्न इच्छुक बिरामीलाई केन्द्रमा भर्ना गराइने उनले जानकारी दिए ।
बिरामीलाई माछा मार्ने, खेती गर्ने, बगैंचा बनाउने, खाना पकाउने, सिकर्मी, नृत्य, गायनलगायत व्यवसायिक तालिम प्रदान गरिनेछ । सुधार केन्द्रले लिने शुल्कमै उपचार गरिने डा. कोइरालाले जानकारी दिए । केन्द्र पूर्ण सुरक्षित, सफा र आधुनिक सुविधायुक्त हुने उनको भनाइ छ ।
धेरै दुर्व्यसनी र उनीहरुका अभिभावकलाई अस्पतालमा लागुऔषधको उपचार हुन्छ भन्ने जानकारी छैन । त्यसैले उनीहरु सुधार केन्द्रमा मँहगो शुल्क तिरेर भर्ना हुन्छन् । नाम सुधार केन्द्र भएपनि त्यसलाई यातना केन्द्रभन्दा फरक पर्दैन । अस्पतालले एक हजार रुपैयाँ लिएर लागुपदार्थ सेवनको परीक्षण पनि गर्दै आएको छ ।
अस्पतालमा रक्सी, गाँजा, केमिकल र मेडिकल ड्रग्स आदि सबैखाले लागुऔषधमा निर्भर रहेका व्यक्तिहरुको ओपिडी र आवासीय उपचार हुन्छ ।
मोरङको टंकिसिनवारीस्थित विराट टिचिङ अस्पतालको मनोचिकित्सा तथा मानसिक स्वास्थ्य विभागले आफ्नै पुर्नबास केन्द्र सञ्चालनमा ल्याउने भएको छ । कडा र जटिल खाले मनोरोगी र सबैखाले लागुऔषध दुर्व्यसनको दिगो उपचारका लागि आफ्नै पुर्नबास केन्द्र सञ्चालनमा ल्याउने तयारी विभागले गरेको हो ।
रक्सी, गाँजा, ब्राउनसुगर र मेडिकल ड्रग्स (ट्याब्लेट र सुई) आदि सेवन गर्ने व्यक्ति तथा कडा र जटिल खाले मनोरोगीहरुको दिगो उपचार गरेर समाजमा पुर्नस्थापना गराउनका लागि केन्द्रको स्थापना गर्न लागिएको विभागले जनाएको छ ।
विभागका प्रमुख विशेषज्ञ मनोचिकित्सक प्रोफेसर डा. नवराज कोइरालाका अनुसार सञ्चालनमा ल्याउन लागिएको केन्द्रमा मनोरोग विशेषज्ञ मनोचिकित्सक नर्स, व्यवसायिक विशेषज्ञ क्लिनिकल मनोवैज्ञानिक र विभिन्न चिकित्सा अधिकारीको टोलीले सेवा दिनेछन् । अस्पतालमा बस्न इच्छुक बिरामीलाई केन्द्रमा भर्ना गराइने उनले जानकारी दिए ।
बरामीलाई माछा मार्ने, खेती गर्ने, बगैंचा बनाउने, खाना पकाउने, सिकर्मी, नृत्य, गायनलगायत व्यवसायिक तालिम प्रदान गरिनेछ । सुधार केन्द्रले लिने शुल्कमै उपचार गरिने डा. कोइरालाले जानकारी दिए । केन्द्र पूर्ण सुरक्षित, सफा र आधुनिक सुविधायुक्त हुने उनको भनाइ छ ।

टिप्पणीहरू