मोटरसाइकल पल्टेर मेजर मरणासन्न

मोटरसाइकल पल्टेर मेजर मरणासन्न

नेपाली सेनाका मेजर प्रेमबहादुर खत्रीको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । गएराति साढे ११ बजे कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते खत्रीको अझै होस नखुलेको अस्पतालले जनाएको छ ।

गए राति धनगढी ५ स्थित वाल्मीकि विद्यालय अगाडि नम्बर ५ बाहिनीका सेनानी खत्री मोटरसाइकल दुर्घटनामा परेका थिए । बेहोस अवस्थामा देखेपछि स्थानीय भरत रोकायले उपचारार्थ निसर्ग हस्पिटल लगेको बताइन्छ । 

अहिले पनि बेहोस खत्रीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

टिप्पणीहरू