तीन ठूला सरकारी बैंकबीच मर्जको विकल्प छैन : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीन वटै सरकारी वाणिज्य बैंकहरुबीच मर्जरको विकल्प नभएको धारण व्यक्त गर्नुभएको छ । उहाँले ढिलोचाँडो तीन वटै बैंक मर्जरमा जाने विश्वास समेत राख्नुभएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ५८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीन वटा वाणिज्य बैंकहरु पनि आपसी छलफल गरेर मर्जरमा जानुपर्ने धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, ‘निजी क्षेत्रका बैंकहरु मर्जर र एक्विजिसनमा जाँदा ठूला भनिएका सरकारी बैंकहरु सबै हिसाबले साना हुन थालेका छन् । यो अहिलेको अवस्था हो । यो आवश्यकतालाई बेलैमा बुझौं ।’

उहाँले उक्त आवश्यकतालाई बोध गरेर राष्ट्रिय वाणिज्य बैंक अघि सर्न सुझाव समेत दिनुभएको  छ।

टिप्पणीहरू