एनएमबि बैंकको साधारणसभा कमलादीमा सम्पन्न

एनएमबि बैंकको साधारणसभा कमलादीमा सम्पन्न

एनएमबि बैंकको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा हिजो कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा साधारसभा गरिएको हो ।

सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा सम्पन्न साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए । साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८.२५ प्रतिशत (करसहित) नगद लाभांश पारित गरेको छ ।

बैंकको २०७९ असारसम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप रु. १८६.४० अर्ब र कर्जा रु.१८२.०९ अर्ब रहेको छ । यस बैंकले हालसम्म देशभरी २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

टिप्पणीहरू