प्रधानमन्त्रीद्वारा ग्लोबल र बिओकेको एकीकृत कारोबार शुभारम्भ

प्रधानमन्त्रीद्वारा ग्लोबल र बिओकेको एकीकृत कारोबार शुभारम्भ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार शुभारम्भ गर्नुभएको छ । उहाँले केहीबेर अघि दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा उक्त काम थाल्नुभएको हो ।

कार्यक्रम ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भैरहेको छ । उक्त समारोहमा मुख्य सचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पनि उपस्थिति छ । 

बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठ (हाल ग्लोबलआईएमई बैंकको सीईओ),प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य,बिओकेका प्रमुख कार्यकारी अधिकत (सीईओ) श्रवणकुमार मास्के लगायत दुबै बैंकका पदाधिकारीसहित आमन्त्रित सबै गरेर झण्डै दुई सय जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

टिप्पणीहरू