आइएमई पेको नयाँ छुट योजना

आइएमई पेको नयाँ छुट योजना

आइएमई पे र डेली ग्रोसरी सुपर मार्केटबीच छुटसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार ग्राहकले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसरीमा किराना सामानहरु खरिद गर्दा १० प्रतिशत छुट (एक पटकमा अधिकतम दुई सयसम्म) प्राप्त गर्न सक्नेछन् । 

यो अफर आइएमई पेको भिसा कार्डमार्फत पोस मेशिनबाट भुक्तानी गर्दा प्राप्त गर्न सकिन्छ । अफर अवधिभर काठमाडौँ उपत्यकाका २४ वटा डेली ग्रोसरीको आउटलेटमा निःशुल्क आइएमई पेको भिसा कार्डसमेत लिन सकिने कम्पनीले जानकारी गराएको छ ।

टिप्पणीहरू