ग्लोबल आइएमई र बिओकेको बैंकिङ्ग कारोबार दुई दिन बन्द

ग्लोबल आइएमई र बिओकेको बैंकिङ्ग कारोबार दुई दिन बन्द

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडूबीच मर्जर भएपछि आगामी सोमबारदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ । एकीकृत वित्तीय कारोबारको निम्ति डाटा माइग्रेसनका हुने भएकाले भोलि र पर्सि ग्लोबल आइएमई बैक लिमिटेडको सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द रहने जनाइएको छ ।

तर सो अबधिमा बैंकको मोबाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, डेबिट तथाक्रेडिट कार्ड, एटिएम तथा एजेण्ट मार्फत हुने रेमिटयान्स् सेवा भने यथावत सञ्चालनमा रहनेछ । मर्जपछि बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५.७७ अर्ब, कूलनिक्षेप ४०८ अर्ब, कूलकर्जा ३७६ अर्बभन्दा बढि पुग्नेछ । मर्जरपछि ग्लोबल कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्ने भएको छ ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डूको तर्फबाट दुई जना रहनेछन् । बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य नै हुनेछन् । 

हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बैंक लिमिटेडमा पाँच वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा छ वटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् ।
अब बैंकको ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखारहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीन वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुने बैंकको दाबी छ ।

टिप्पणीहरू