सिटिजन्सको कार्ड बोक्नेलाई फ्रन्टलाइन हस्पिटलमा छुट

सिटिजन्सको कार्ड बोक्नेलाई फ्रन्टलाइन हस्पिटलमा छुट

सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई फ्रन्टलाइन हस्पिटलको भुक्तानीमा विशेष छुट दिइने भएको छ । बैंकले हस्पिटलका विभिन्न सेवामा १३ प्रतिशतसम्मको छुट हुनेगरि आज द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।  

उक्त समझदारीले बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरु सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने छ । 

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र आफ्ना ग्राहकलाई त्यसतर्फ प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । 

करिब १५ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको यस बैंकले भारतको दिल्लीस्थित मेदान्त हस्पिटललगायत मुलुकका झण्डै दुई दर्जन अस्पतालसँग छुट सहकार्यको सम्झौता गरेको छ ।

टिप्पणीहरू