माननीय हुनासाथ डा.तोसिमाले छाडिन् मेडिकल काउन्सिल

माननीय हुनासाथ डा.तोसिमाले छाडिन् मेडिकल काउन्सिल

डा. तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी छन् । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि उनले हिजो राजीनामा दिएकी हुन् ।

काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीका अनुसार उनले हिजो काउन्सिलमा आएर राजीनामा पत्र बुझाएकी छन् । व्यस्तताका कारण राजीनामा दिनुपरेको पत्रमा उल्लेख छ । 

रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बाट गत प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएकी उनले विजयी हासिल गरेकी छिन् । 

उनी ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् ।

टिप्पणीहरू