विमानस्थलको गेट ढाकेर ट्याक्सी चालकहरुको धर्ना

विमानस्थलको गेट ढाकेर ट्याक्सी चालकहरुको धर्ना

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा धर्ना शुरु गरेको छ । 

विमानस्थलको पार्किङमा ट्याक्सी पार्क गरेको मनलाग्दी रकम असुलेको भन्दै संगठनले धर्ना थालेको हो । 

संगठनका अध्यक्ष शङ्खर थापा, महासचिव केशव थापा, उपाध्यक्ष नवराज घिमिरेलगायत पाँच दर्जन ट्याक्सी चालकहरु विमानस्थलको गेट बन्द गरी धर्ना बसेका छन् । 

‘ज्यादती तरिकाले भाडा उठाउन पाँइदैन्’ लगायतका प्लकार्डसहित उनीहरुले नाराबाजी गरिरहेका छन् ।

टिप्पणीहरू