नेपाली बजारमा ग्वाटेमालाको सुकुमेल

नेपाली बजारमा ग्वाटेमालाको सुकुमेल

पछिल्लो एघार महिनामा ६४ करोड भन्दा बढी मूल्यको सुकमेल नेपाल भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलो एघार महिनामा विभिन्न देशबाट ६४ करोड ८७ लाख ९२ हजार रुपैयाँको सुकमेल नेपाल भित्रिएको हो ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको सुकमेल आयात भएको हो ।

नेपालले चालु आर्थिक वर्ष दुई वटा देशबाट मात्र सुकमेल आयात गरेको छ । छिमेकी राष्ट्र भारत र मध्य अमेरिकी राष्ट्र ग्वाटेमालाबाट सुकमेल आयात गरेको विभागले जनाएको छ ।

बितेको एघार महिनामा ग्वाटेमालाबाट ३९ करोड १० लाख २८ हजार रुपैयाँको २ लाख ५० हजार केजी सुकमेल आएको छ । यसैगरी भारतबाट सोही समयमा २५ करोड ७७ लाख ६४ हजार रुपैयाँको १ लाख ६५ हजार ७४८ केजी सुकमेल नेपाल आयात गरिएको हो ।

अघिल्लो आर्थिक वर्षमा नेपालले ग्वाटेमाला, भारत र युनाइटेड अरब इमिरेट्सबाट ९९ करोड ६५ लाख ४६ हजार रुपैयाँको सुकमेल आयात गरेको विभागको तथ्याङ्क छ ।

टिप्पणीहरू