युद्ध भनेको बलात्कारको अर्को नाम हो ?
पहिला युगोस्लाभियाको भूभाग बोस्निया हर्जगोभिना दक्षिणपूर्वी युरोपमा अवस्थित छ । सन् १९९२ को मार्च ३ मा यो स्वतन्त्र मुलुक बनेको हो । युगोस्लाभियाबाटै छुट्टिएका सर्बिया र क्रोएसिया दुवै यसलाई आ–आफ्नो भूभागमा मिसाएर ठूलो मुलुक बन्न चाहन्थे । बोस्निया र हर्जगोभिना बहुजनजाति बस्ने मुलुक हो । यहाँ ४४ प्रतिशत मुस्लिम छन् भने ३२ प्रतिशत सर्ब र १७ प्रतिशत क्रोएशियाली बस्छन् । सर्बिया र क्रोएसिया दुवैले यहाँ पकड बनाउन अरु जातिको सफाया गर्न थाले । यसरी आन्तरिक जातीय युद्ध र छिमेकी मु…