भारतमा निर्माणाधीन राजमार्गको पुल खस्यो, १५ मजदुरको मृत्यु

भारतमा निर्माणाधीन राजमार्गको पुल खस्यो, १५ मजदुरको मृत्यु

भारतको महाराष्ट्रमा निर्माणाधीन राजमार्गको एउटा पुल खस्दा १५ जना मजदुरको मृत्यु भएको छ । ठाणे जिल्लाको शाहपुर नजिक सरलाम्बेमा निर्माणाधीन समृद्धि एक्सप्रेस हाईवेमा रहेको पुल निर्माणको क्रममा अड्याइएको गर्डर खस्दा मजदुरहरुको निधन भएको हो । 

दुर्घटना गएराति भएको हो । विशाल फलामका संरचनाभित्र अन्य धेरै मानिस परेको आशंका गरिएको छ । समृद्धि एक्सप्रेस हाईवले मुम्बई र नागपुरलाई जोड्दैछ । तेस्रो चरणमा निर्माण भइरहेको राजमार्गको लम्बाई ७ सय १ किलोमिटर लामो छ ।

टिप्पणीहरू