पूर्व सेनापति महिनौदेखि अस्पतालमै
सेनाका अग्रजहरूले आफ्नो जीवन बनाउनेभन्दा पनि संस्था जोगाउने, भावी पुस्ता र भविष्यमा आफ्नैलागि कल्याणकारी सोचसहित निर्माण गरेको काठमाडौंको स्वयम्भूस्थित छाउनी अस्पतालले राम्रै नतिजा दिएको अनुभूति सैनिकहरूले गरेका छन् । घरमा उपचार सम्भव नभएका जवानदेखि पूर्वप्रधानसेनापतिसम्मले त्यहाँ उपचार गराइरहेका छन् ।
अहिले त्यहाँ पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङसहित सयौं बिरामी उपचाररत छन् । न्यूरोलोजिक समस्यालेग्रस्त छत्रमान ७ महिनादेखि छाउनीको बेडमा छन् । भिआइपी वार्डमा राखिएका गुरुङ…