सहकारीको ठगीले ब्याजमा बाधा
नेपालमा देखिएको सहकारी ठगी प्रकरणले बचतकर्ताहरू आतंकित हुनुका साथै सरकारी र निजी बैंकहरूलाई पनि धक्का लागेको छ । निजी बैंकहरू इतिहासमै नभएको बचतको ब्याजदर घटाउन बाध्य भएका छन् । बैंकमा पैसा राख्न डराएर हो कि ? ब्याजदर कम भएर हो कि : खास कारण विश्लेषण भएको छैन । यस्तो बेला पनि बैंकका सिइओ (चिफ एक्जिक्युटिभ अफिसर) हरूको तलब सुविधा भने उस्तै छ ।
कमाइ र आम्दानी बचत गरी त्यसको ब्याजका भरमा गुजारा चलाउने कर्मचारी, शिक्षक, सेना, प्रहरीलगायत सरकारी निकायबाट निवृत्तिका भ…