यति नमज्जा भयो गृहबाट कसै–कसैलाई
कोही मान्छेले कुनै कारणवश बधाई खान्छ, भोजभतेर चल्छ, कतिपय समुदायमा त यस्तो बेला शुभकार्य मानेर सगुनसमेत खुवाइन्छ । अन्ततः जे कारणका लागि त्यसो गरिन्छ, परिणाम शून्य हुँदा हालत कस्तो हुन्छ ? एआइजीमा सिफारिस भएर डिआइजीमै घर फर्किनुपरेका पोषराज पोखरेल यसका भुक्तभोगी हुन् ।
रवि लामिछाने गृहमन्त्री भएपछि प्रहरीको सरुवा र बढुवा चलाउन एउटा टोली तयार भयो । रविका मुद्दा हेर्नेदेखि ‘मिलाउने’ सम्मका कामको जिम्मा लिएका वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, उनका भाञ्जा तथा प…