शिक्षामन्त्री श्रेष्ठमाथि प्रश्न- निजामती प्रशासनलाई प्यारालाइज गर्न खोजेको हो ?
सरकारले ल्याएको 'एजुकेशन क्याटलिस्ट परिचालन सम्बन्धी कार्यविधि २०८०' लाई लिएर शिक्षामन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ । ऐनको व्यवस्था विपरित हचुवामा कार्यविधि ल्याइएको भन्दै एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रतिनिधिसभा सांसद राजेन्द्र पाण्डेले मन्त्रीको नियतमाथि प्रश्न उठाएका हुन् ।
प्रशिक्षार्थी कर्मचारी भर्नासम्बन्धी उक्त कार्यविधि ल्याउनुको कारणबारे संसदलाई जानकारी गराउन उनले माग पनि गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै पाण्डले मन्त्रीहरुलाई आफूखुशी काम गर्न छ…