एमाले अखिलको आक्रमणमा क्रान्तिकारीका नेता घाइते

एमाले अखिलको आक्रमणमा क्रान्तिकारीका नेता घाइते

राजधानीको अमृत साइन्स कलेज (अस्कल) मा भएको झडपमा अखिल (क्रान्तिकारी) का नेता घाइते भएका छन् । क्याम्पसमा विद्यार्थीहरुको समस्या समाधानको प्रयास भइरहेको समयमा एमाले निकट अखिल समूले आक्रमण गरेको बताइएको छ ।

आक्रमणबाट विश्राम शर्मा र जितु भण्डारी घाइते भएको क्रान्तिकारीको भनाई  छ । आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रहरी प्रशासनलाई अनुरोध गरिएको छ ।

आक्रमणमा दुई जना पक्राउ परिसकेको जानकारी दिइएको छ । बाँकीलाई क्रान्तिकारीले खोजेको र राजनीतिक हिसाबकिताब चुक्ता गर्ने चेतावनी दिइएको छ ।

टिप्पणीहरू