अमेरिकी सहायक मन्त्रीको पहिले काँग्रेस सभापतिसँग भेटवार्ता, लगत्तै खुमलटार
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमणमा मध्यान्ह काठमाडौं आइपुग्दै छन् । मध्य तथा दक्षिण एसिया मामिला हेर्न सहायक विदेशमन्त्री लु श्रीलंकाको राजधानी कोलम्बोबाट मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ ।
श्रीलंकन एअरलाइन्सको उडान नम्बर युएल १८१ मा आउने लु होटलमा पुगेर दिवा भोजपछि नेपाली काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताको लागि बूढानीलकण्ठ पुग्नेछन् । त्यसपछि ३ बजेको समयमा नेकपा माओवादी केन्द्…