रास्वपाका नेताविरुद्ध जाहेरी दिँदै पत्रकार सन्तोष देउजा
पत्रकार सन्तोष देउजाले अस्ति दिउँसो आफूमाथि कुटपिट गर्नेविरुद्ध कानुनी उपचार खोज्ने भएका छन् । समाचार संकलनका क्रममा आफूमाथि हातपात गर्ने र गर्न उक्साउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा समितिको सभापति दीपक सेढाईंविरुद्ध उनी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय,चितवन पुगेका छन् ।
मंसिर १९ गते सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलनविरुद्ध पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय, चितवनमा बयान चलिरहँदा बाह…