शपथअघि प्रधानसेनापतिलाई दर्ज्यानी चिन्ह
नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहका बीच सेनाका परमाधिपतिसमेत रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको हो । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।
त्यसअघि राष्ट्रपतिले …