सरकारविरुद्ध यसकारण सडकमा ओर्लिंदै माओवादी
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले सरकार विरुद्ध आन्दोलन घोषणा गरेको छ । नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार गठन भएको सय दिन पुग्नै लाग्दा माओवादी सडकमा ओर्लिन लागेको हो ।
आज बसेको माओवादी केन्द्रको बाग्मती, विशेष प्रदेश समन्वय समिति, जन वर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार आफ्नालाई बचाउने र …