सहकारी प्रकरणमा सरकारले पन्पक्ष गरेको आरोप
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सहकारी ठगी प्रकरणमा सरकारको व्यवहार पक्षपातपूर्ण रहेको बताएको छ ।
विपक्षी दलका नेतालाई छानिछानी मुद्दा लगाउने तर सत्ता पक्षकालाई जोगाउने काम सरकारले गरिरहेको माओवादीको आरोप छ । आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलमा प्रवक्ता अग्निप्रसाद सापकोटाले सत्तारुढ दलका नेताहरूको नामै लिएर उनीहरुमाथि अनुसन्धान नभएको बताए ।
सहकारी बचत अपचलनमा जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेख…