सन् २०२४ सर्वाधिक तातो वर्ष, हिमालमा हिउँ पग्लने क्रम उच्च
संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्ल्युएमओ) ले सन् २०२४ हालसम्मकै सबैभन्दा बढी गर्मीको वर्ष रहेको जनाएको छ । सामाजिक सञ्जालमार्फत् डब्ल्युएमओले सन् २०२४ सर्वाधिक तातो वर्ष हुने क्रममा रहेको जानकारी गराएको छ ।
गत जनवरी र सेप्टेम्बरबीचको विश्वभरको औसत तापक्रम १९ औं शताब्दीको अन्त्यतिरको तापक्रमभन्दा करिब १.५४ डिग्री सेल्सियस बढी रहेको पाइएको छ । ‘सन् २०२४ रेकर्डमा सबैभन्दा तातो वर्ष बन्ने ट्रयाकमा छ,’ डब्ल्युएमओले भनेको छ, ‘सन् २०२३ भन्दा पनि तात…