डेढ दशकअघि क्रिकेटबाट सन्यास लिएका खेलाडी आइपुगे
विश्व चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आएका छन् । उनी आज बिहान काठमाडौँ ओर्लिएका हुन् । लारालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी र कर्मचारीले स्वागत गरेका थिए ।
ब्रायन क्यानको निमन्त्रणमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणका खेलहरु हेर्न नेपाल आएको बताइन्छ । यद्यपि, उनले सबै खेल नहेर्ने बुझिएको छ ।
दुई÷तीन दिन टियु क्रिकेट मैदानमा पुगेर खेलहरु हेर्ने क्यान स्रोतले बताएको छ । उनी सोमबार स्वदेश फर्किने ब…