यात्रुलाई राजमार्गमा लुटिन्छ यसरी
गर्मी चढ्दैछ, अब चिसो खोज्ने बेला भएको छ । कोल्ड ड्रिंक्स पिउने हुनुहुन्छ भने होशियार ! पूर्वीनवलपरासीको गैंडाकोट नगरपालिकाले चैत्र ६ र ७ गते गरेको बजार अनुगमनका क्रममा बढीजसो हल्का पेय पदार्थहरु म्याद गुज्रिएको पाइए । त्यसमा पनि सबैभन्दा बढी म्याद नाघेको फ्यान्टा भेटियो । लगभग सबैजसो होटल–रेष्टूरेन्ट तथा पसलहरुमा रहेका फ्यान्टा म्याद नाघेकै थिए । त्यसपछि स्प्राइट, कोकाकोला अनि कतै कतै माउन्टेन डिउको पनि डेट सकिएको थियो । अनुगमनका क्रममा म्याद नाघेको भेटिएका जति सबै पेय पदार्…