कुरा सुन्नु अरुको, चर्चा तपाईंहरूको
प्र्रेमराज सिलवाल
प्रमुख विपक्षी पार्टी एमालेले २०७३ साल फागुन २१ को शहिद दिवशसँगै थालेको मेची–महाकाली यात्रा राजनीतिक शून्यता चिर्न, २० वर्षदेखि नभएको स्थानीय तहको निर्वाचनमा जनतालाई जागृत पार्न, पहाड, तराई र हिमालको बिथोलिएको सदभाव कायम राख्न, पार्टी संगठनलाई सक्रिय पार्न तथा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी संविधान कार्यान्वयनमा जुट्न कोशेढुंगो थियो भन्ने कुरा झापा, सुनसरीका सभामा नागरिक उपस्थितिले देखाइसकेको थियो । लोकतन्त्रमा पार्टीले सभा, जुलुस, आमसभामार्…