एमालेबाट यो कुरा सिके हुन्छ अरुले
प्रेमराज सिलवाल
पार्टी अध्यक्ष स्वयं प्रमुख रहेको स्कुल विभागले भ्रातृ संगठनको केन्द्रीय सचिवालयमा रहेकादेखि वैकल्पिक केन्द्रीय सदस्यसम्मलाई विभिन्न चरण र समयमा विज्ञबाट प्रशिक्षण दिने कार्य जारी राखेको छ ।
नीति, विचार र दृष्टिकोण नभएको, सिद्धान्तद्वारा गाइडेड नरहेको, अनुशासन, प्रणालीमा नढालिएको पार्टी संगठन रत्नपार्कको भीडसिवाय केही हुन्न । जसरी बगरमा दौडिएको पानीको कुनै मूल्य हुन्न र सानो मूलको भए पनि निश्चित कुलोबाट लगेर सिञ्चाइका लागि उपयोग गर्न सकिने पानीको ठूलो अर्थ र मह…