राजनीतिक शोषणमा कैलाली र कञ्चनपुर
मोतीसिंह धामी, पूर्वप्रहरी नायब उपरीक्षक
सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्ला संघीयतामा सीमांकनकोकारण विवादित छन् । ०७२ भदौ ७ गते टीकापुरको हिंसात्मक घटना त्यसैको परिणाम थियो । यो घटनाले सामाजिक सद्भावको दूरी बढाएको छ । राजनीतिक शोषणमा त्यहाँका पूर्वाधार र विकास ओझेल परेका छन् । अन्नको भण्डार, प्राकृतिक ताल, चर्चित वन्यजन्तु आरक्ष, शुक्लाफाँटा अन्य क्षेत्रभन्दा बढी जंगल, जलाधार, चुरे क्षेत्र, कृषि, उद्योग, मिहिनेती जनशक्ति, १६००० मेगावाट कर्णाली र महाकालीको ऊर्जाशक्ति र प्…