प्रहरीलाई कुटिकुटी मार्नेहरु जेल चलान
भदौ २४ गतेको जेनजी विध्वंशमा प्रहरीलाई कुटिकुटी मार्नेहरु जेल चलान भएका छन् । प्रहरी प्रभाग,कोटेश्वरका असई अमृत गुरुङ्गको हत्या आरोपमा पक्राउ परेका सन्तोष तामाङ्गलाई कारागार चलान गरिएको हो ।
त्यसैगरी, प्रहरी वृत्त, महाराजगञ्जका सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तम थापाको हत्या अभियोगमा युवराज क्यापछाकी र होमराज पौडेल जेल गएका छन् ।
यता, विध्वंशको फाइदा उठाएर प्रहरी वृत्त,जनसेवासहित उपत्यका केरकार,टेकूमा तोडफोड र गाडी आगजनी गर्ने दुई भारतीय नागरिक …