जेन जी बताउने शाही होटल पुगेपछि असई

जेन जी बताउने शाही होटल पुगेपछि असई

आफूलाई जेनजी भन्दै सरकारी कर्मचारीलाई धम्की दिएका अर्जुनबहादुर शाहीले नेपाल प्रहरीको परिचय पत्र समेत दुरुपयोग गरेको खुलेको छ । उनले प्रहरी सहायक निरिक्षक (असई) कुमार शर्माको परिचय पत्र देखाएर विभिन्न होटलमा बसेको पाइएको हो । 

हिजो कोटेश्वरबाट पक्राउ परेका शाहीले उक्त परिचय पत्र भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा लुटेको हुनसक्ने अनुमान गरिएको छ । उनले उक्त परिचय पत्र देखाएर केही दिनयता चावाहिलका होटलमा बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । 

ठगी र बैंकिङ कसुरको मुद्धा खेपिरहेका शाही पछिल्लो समय आफूलाई जेनजी बनाउँदै सरकारी अड्डाहरुमा पुगेर कर्मचारीलाई धम्कीपूर्ण निर्देशन दिदै आएका थिए । अछाम घर भएका शाही इलाम-२ मा भएको उपनिर्वाचन (०८१ बैशाख)मा उम्मेद्वार समेत बनेका थिए । तर उनले ५५ मत मात्र पाएका थिए ।

टिप्पणीहरू