जिबीलाई उचाल्ने ससुरा कता बेपत्ता ?
बचतकर्ताको अर्बौं कुम्ल्याएर विदेश भागेका रवि लामिछानेका पूर्वसाझेदार जिबी राई सहकारी ठगी काण्डका मुख्य योजनाकार हुन् भन्ने धेरैलाई थाहा छ । तर, सहकारी ठगीको साम्राज्यमा उनको प्रवेशबारे कमैलाई मात्र जानकारी होला । नेटवर्किङ व्यवसायमा रमाइरहेका जिबीलाई देशभर सहकारीको सञ्जाल खडा गरी रातारात अर्बपति बन्न महात्वाकांक्षी आइडिया दिने व्यक्ति हुन्, ज्ञानबहादुर बम्जन ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) स्रोतका अनुसार सहकारी लुटेर अमेरिका पुगेका ज्ञानबहादुर ठग…