बेलायतमा नेपालीका घर फोड्न थालिए
बेलायतमा पछिल्लो समय सुनका गरगहना चोरीको घटना अत्यधिक बढेको छ । गरगहना चोरीको शिकार बन्नेमध्ये एशियालीमूलका भारतीय र नेपाली उल्लेख्य संख्यामा रहेको तथ्यांकले देखाएको छ ।
विशेषगरी, नेपाली तथा एशियालीमूलका आप्रवासी बसोबास गर्ने ठाउँमा सुनका गरगहना बढी हुने हुँदा यी क्षेत्रमा चोरीका घटना अत्यधिक बढ्ने गरेको बेलायत प्रहरीले जनाएको छ । सन् २०१९ मा सार्वजनिक एक तथ्यांकअनुसार सन् २०१३ देखि सन् २०१८ सम्म पाँच वर्षको अवधिमा मात्र बेलायतमा १४ करोड पाउण्डको सु…