सरकारी पक्षको बहस सकियो, भोलिदेखि रविको पालो
कास्की जिल्ला अदालतमा जारी रवि लामिछाने लगायतको थुनछेक बहसमा सरकारी वकीलहरुको बहस सकिएको छ । भोलिदेखि लामिछानेलगायत अन्य प्रतिवादीका वकीलहरुले बहस गर्ने जनाइएको छ ।
न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको बहसमा आज नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, सहायक न्यायाधिवक्ताहरु सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गरेका हुन् । उनीहरुले लामिछानेसहित सबै प्रतिवादीलाई पुर्पक्षमा पठाउनुपर्ने दलिल पेश गरेका छन्…