दुर्घटना

नुहाउन गएकी बालिका पोखरीमा डुबिन्

सप्तरीमा पोखरीमा डुबेर ६ वर्षीया बालिकाको ज्यान गएको छ । बोदेबसाइन नगरपालिका ८ काचनस्थित राम दासकी छोरी नन्दनीकुमारी दास नुहाउने क्रममा पोखरीमा डुबेकी हुन् । पोखरीमा डुबेर गम्भीर घाइते भएकी बालिकाको उपचारको निम्ति स्थानीय अस्पतालमा लगिएको थियो । उपचारको क्रममा आज बिहान उनको निधन भएको हो । शवको मुचुल्का उठाइ पोष्टमार्टम भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक मााधवप्रसाद काफ्लेले जानकारी दिए ।

Page 90 of 114