गभर्नर अधिकारीलाई अन्तरिम आदेश

गभर्नर अधिकारीलाई अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सरकारलाई गभर्नरविरुद्ध छानबिन नगर्न भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको हो ।                                   

आदेशसँगै भोलिदेखि गभर्नरलाई आफ्नो जिम्मेवारीमा रहेर कार्य गर्न मार्ग प्रशस्त भएको छ ।

अब अर्थमन्त्री जनार्दन शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने अवस्था उत्पन्न भएकाे छ । यसअघि डा. तिलक रावलको मुद्दामा पनि सर्वोच्चको आदेशपछि तत्कालीन अर्थमन्त्री महेश आचार्यले राजीनामा दिएका थिए ।

टिप्पणीहरू