सभामुख देवराज घिमिरे

गृहमन्त्रीमाथि संसदीय छानबिन हुनैपर्नेमा काँग्रेस अडिग, सभामुख परामर्शमा

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेताहरुसँग परामर्श गर्न लाग्नुभएको छ । उहाँले आज दिउँसो २ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरुसँग परामर्श गर्ने बताइएको छ । प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन नेताहरुसँग परामर्श गर्न लागिएको सभामुखको सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद बैठकमा निरन्तर गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने माग राख्दै आएको छ । गृ…