देउवाकै हस्ताक्षरमा दल दर्ता र टिकट
नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ । तर, नियमित महाधिवेशन वा विशेष महाधिवेशन के मा जाने र कहिले गर्ने भन्नेबारे अझै निर्क्यौल भैसकेको छैन ।
असोज २८ गतेको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोके पनि काँग्रेस अप्रत्यक्ष रुपमा आगामी चुनावमा देउवाकै नेतृत्वमा होमिने अधिक सम्भावना छ । काँग्रेस राष्ट्रिय सभा निर्वाचनको प्रयोजनार्थ आज निर्वाचन आयोगमा दल दर्ताक…