कर्मचारीले पार्टीको काम गर्नु हुँदैन : देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले राजनीतिक पार्टीको लागि काम गर्न नपाउने बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कर्मचारीले पार्टी विशेषको नभइ समग्र देश र जनताको लागि हुनुपर्नेमा जोड दिनुभयो । भन्नुहुन्छ, 'कर्मचारीले कुनैपनि पार्टीको लागि काम गर्न पाइँदैन । देशको, राष्ट्रको, विधानको अनुसार देशको काम गर्ने हो ।'
निर्वाचनमा कसलाई भोट दिने भन्नेकुरा व्यक्तिगत हुने तर पार्टीको आदेश मानेर कर्मचारीले काम गर्न चै नहुने देउवाको प्रष्ट भनाइ छ । उहाँले त्यसैअनुसार जिम्मेवारी पूरा गर्न कर्मचारीहरुलाई निर्देशनसमेत दिनुभयो ।
सभापति देउवाले सरकारी सेवाहरु चुस्त र दुरुस्त बनाउन कर्मचारी क्रियाशिल हुनुपर्नेमा जोड दिनुभयो । २१ औं शताब्दीको आकांक्षाअनुरुप जनतालाई छिटो, छरितो सेवा दिनुपर्ने बताउनुभयो ।
टिप्पणीहरू