राष्ट्रपति

राष्ट्रपतिले शुक्रवार संसदलाई सम्बोधन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी शुक्रवार संसदको दुबै सदनलाई सम्बोधन  गर्नुहुने भएको छ । त्यसदिन दिउँसो ३ बजे सँबोधन गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उहाँले संविधानको धारा ९५ बमोजिम संसदको संयुक्त बैठकमा बोल्न लाग्नुभएको हो । राष्ट्रपति भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिँदैछ ।