चुनावको तनावले राप्रपा बैठकमा रडाको
राप्रपाको हिजो दिउँसो बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकको एजेण्डा एउटा भए पनि छलफलको क्रममा नेताहरुबीच भनाभन भएको छ । पहिलेदेखि राप्रपामा रहेको समूह र पछि गाभिएको रविन्द्र मिश्रको टोलीबीच बेला बेलामा देखिने यस्तो रुप हिजो पनि धुम्बाराही पार्टी कार्यालयमा देखिएको सहभागी एकजना नेताले बताए ।
विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष मिश्र र उनी निकटस्थ नेताहरुले बेलाबखत बैठकमा पोख्ने गरेका अभिव्यक्तिले अवस्थालाई असहज बनाउने गरेको बताइन्छ । हिजो काठमाडौं निर्वाचन क्ष…