एसईई

आजदेखि एसईई, उतीर्णका लागि ३५ अंक आवश्यक

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने परीक्षामा पाँच लाख चार हजार ४१४ जना सहभागी हुँदै छन् । तीमध्ये दुई लाख ५० हजार ७७२ जना छात्रा, दुई लाख ५३ हजार ६२७ जना छात्र र अन्य १५ जना हुन् । यो वर्ष जापानबाट समेत २३ जना विद्यार्थीले एसईई परीक्षा दिँदै छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार जापानमा रहेका नेपालीका छोराछोरीहरुले टोकियोस्थित एभरेष्ट इन्टरनेसनल स्कुलमा रहेको केन्द्रबाट परीक्षा दिँदै छन् । त्यहाँ १५ छात्रा र आठ जना छात्…