सार्वजनिक भयो एसईईको नतिजा

सार्वजनिक भयो एसईईको नतिजा

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । गत चैतमा सञ्चालन गरेको परीक्षाको नतिजा भर्खरै सार्वजनिक गरिएको हो ।

बोर्डका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले अहिले ४ बजे पत्रकार सम्मेलन गरेर नतिजाबारे जानकारी दिने तयारी गरिएको बताएका छन् ।

परीक्षामा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए । यस पटकको नतिजा पनि विगतमा झैँ लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सार्वजनिक भएको हो ।

टिप्पणीहरू