एसईईको रिजल्ट सार्वजनिक गर्न चाहनेहरुसँग निवेदन माग

एसईईको रिजल्ट सार्वजनिक गर्न चाहनेहरुसँग निवेदन माग

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न चाहने संघसंस्थासँग निवेदन माग गरेको छ । 

आज सूचना प्रकाशित गर्दै बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा सार्वजनिक गर्न चाहनेहरुलाई आगामी असार १२ गतेभित्र निवेदन दिन भनेको हो । कार्यालयले एसएमएस, आईभीआर र वेबसाइट सेवाका माध्यमबाट आफूले जानकारी दिन चाहेको सेवाको विवरण खोली आवेदन दिन सकिने जनाएको छ । 

साथै, एसएमएसबाट सूचना दिनका लागि ४० हजार, वेबसाइटबाट नतिजा प्रकाशनका लागि २० हजार, एसएमएस र वेबसाइट सेवाका लागि ६० हजार र एसएमएस, आइभीआर र वेबसाइट सेवाका लागि एक लाख रुपैयाँ राजस्व बुझाउनुपर्ने कार्यालयले बताएको छ ।

टिप्पणीहरू