एसईईमा ‘डी प्लस’ ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गरियोस् : परीक्षा बोर्ड

एसईईमा ‘डी प्लस’ ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गरियोस् : परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा तह (एसईई) मा ‘डी प्लस’ ग्रेड ल्याउने विद्यार्थीलाई कक्षा ११ मा भर्ना गराउन अनुरोध गरेको छ । बोर्डको प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बागमती प्रदेशले एसईईमा १.६ जीपीए (डी प्लस) प्राप्त गरेका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न गराउन अनुरोध गरेको हो । 

कार्यालय प्रमुख जयन्ती सत्यालले आज सबै माध्यमिक विद्यालय तथा क्याम्पसलाई परिपत्र गर्दै एसईईमा न्यूनतम औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ प्राप्त गरेका विद्यार्थीहरु योग्य मानिने निर्णय भएकाले कक्षा ११ मा भर्ना गराउन आग्रह गरेकी हुन् । 

उनले भनेकी छन्, ‘राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को मिति २०७९ भद्रौ १९ गतेको बैठकबाट माध्यमिक तह कक्षा १० अध्ययन पूरा गरी कक्षा ११ मा अध्ययन गर्न माध्यमिक तह कक्षा १० को अन्त्यमा हुने परीक्षामा न्यूनतम औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ प्राप्त गरेका विद्यार्थीहरु योग्य मानिने निर्णय भएको हुँदा सोही अनुसार कक्षा ११ मा भर्ना गर्नु गराउनहुन अनुरोध छ ।’

राष्ट्रिय परीक्षा बोर्डले यसअघि नै एसईईमा १.६ जीपीए ल्याउने विद्यार्थीले कुन कुन विषय पढ्न पाउने भनेर मापदण्ड तयार गरिसकेको छ ।

टिप्पणीहरू