एसईईको रिजल्ट केहीदिनमै, यसरी हेर्नुस् आफ्नो नतिजा

एसईईको रिजल्ट केहीदिनमै, यसरी हेर्नुस् आफ्नो नतिजा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । बोर्डले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशन गर्न लागेको हो । 

यसपटक पनि एसईईको नतिजा बेवसाइट, एसएमएस र आईभीआरबाट प्रकाशित गरिने बोर्डले जनाएको छ । साथै, नतिजा प्रकाशनका लागि पाँच वटा संस्थाले अनुमति पाएका छन् । 

नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालि र क्रियसन सफ्रट नेपाल प्रालिले एसईईको नतिजा प्रकाशनका लागि अनुमति पाएका हुन् । यस्तै, १४ वटा बेवसाइटबाट पनि नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ । 

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागि भएका थिए ।
 

टिप्पणीहरू